राजधानीमा जलवायु परिवर्तनसम्बन्धि सम्मेलन हुदैं

प्रकाशित मिति: ९ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार

काठमाडौँ, ९ माघ । यही माघ ११ र १२ गते राजधानीमा प्रकृति मानव केन्द्रित जनआन्दोलनले ‘सातौँ जनसार्क सम्मेलन’ गर्ने भएको छ ।

करिब दुई सय प्रतिनिधि सहभागी हुने उक्त सम्मेलनमा जलवायु परिवर्तनले वातावरणमा पारेको प्रभावका बारेमा छलफल गर्ने छ । सहभागी राष्ट्रका प्रतिनिधिले कार्यक्रममा आआफ्नो देशमा अहिले जलवायुले पारेको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्ने छन् ।

कार्याक्रममा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, भुटान र माल्दिभ्स र अन्तर्राष्ट्रिय पर्यवेक्षकका रुपमा स्पेन, क्यानडा, संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, चीन र जापानका प्रतिनिधि पनि रहने छन् ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट