आठ सय बालबालिका कुपोषित

प्रकाशित मिति: ९ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार

कलैया, ९ माघ । जिल्ला जनस्वास्थ्य कार्यालय बाराले आठ सय छ जना बालबालिकामा कुपोषण भएको जनाएको छ । आव ०७२-७३ मा दुई वर्षमुनिका १८ हजार आठ सय १० बालबालिकाको तौल परीक्षण गर्दा ४.२८ प्रतिशत अर्थात् आठ सय छ जनामा कुपोषण देखिएको हो ।

बारा खाद्यान्न, दूध, माछा र मासु उत्पादनमा आत्मनिर्भर मानिने सो जिल्लामा गत आव ०७१-७२ को तथ्याङ्कानुसार भने ५.०६ प्रतिशत कुपोषित रहेको कार्यालयले जनाएको छ ।

जनचेतना, शिक्षा र गरिबीले गर्दा बालबालिकाको शारीरिक, मानसिक तथा शैक्षिक विकासका लागि पोषणयुक्त सन्तुलित भोजन हुन जरुरी भएको तर पर्याप्त मात्रामा उत्पादित खाद्यवस्तुको सही तरिकाबाट उपभोग नगरेको हुनाले बालबालिका कुपोषित भएको जनाइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट