ट्रम्पविरुद्ध लन्डनमा विशाल र्याली

र्यालीमा महिलाहरुको आक्रोश

प्रकाशित मिति: ९ माघ २०७३, आईतवार

लन्डन, ९ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाले लगत्तै उनको विरुद्ध लाखौं मानिसहरु प्रदर्शनमा उत्रेका छन् । ट्रम्पविरुद्धको  प्रदर्शनमा धेरै जसो महिलाहरुको सहभागिता रहेको छ ।

वाशिङ्टनमा ट्रम्प विरुद्ध ‘वीमेस मार्च अन वाशिङ्टन’का समर्थनमा लन्डनमा महिलाहरुले ट्रैफल्गर स्क्वायरबाट अमेरिकी दुतावाससम्म र्याली निकालेका छन् ।

आयोजकका अनुसार यस प्रदर्शन मार्फत डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बनेसँगै महिलाहरुको अधिकार हनन हुन सक्ने अनुमान गरिएको छ ।

लन्डनमा आयोजित उक्त र्यालीमा लगभग एक लाख मानिसहरु सहभागि भएको दावी गरिएको छ ।

प्रदर्शनकारीहरुले ‘पुल बनाउ पर्खाल हैन’ ‘हामी एक हुनेछौँ कहिले छुट्दैनौँ ‘ लगायतका नाराबाजी गरेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट