भारतमा रेल दुर्घटना

अहिलेसम्म ३२ जनाको मृत्यु

प्रकाशित मिति: ९ माघ २०७३, आईतवार

भारत, ९ माघ । शनिबार मध्य राति भारत आंध्र प्रदेशको विजयनगरममा रेल दुर्घटना हुँदा अहिलेसम्म ३२ जनाको मृत्यु भएको छ ।

कुनेरु स्टेशननजिकै हीराखण्ड एक्सप्रेसको रेल दुर्घटनामा ५० भन्दा बढी मानिस घाइते भएका छन् ।

घाइतेहरुको हालत गम्भिर भएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

उक्त रेलको ९ वटा डिब्बा लिकबाट बाहिर गएको थियो । जसमध्ये ४ डिब्बा स्लीपर, २ वटा एसीका, २ वटा यात्रुहरुका र एउटा लगेजको  डिब्बा थिए । जांच भई रहेको र अझै घटनाको कारण नखुलेको भारतीय स्रोतले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट