किन प्रयोग गदैछन् ट्रम्प दुईवटा बाइबल

सपथ लिदा दुई वटा बाइबल प्रयोग गर्दै ट्रम्प

प्रकाशित मिति: ७ माघ २०७३, शुक्रबार

काठमाडौं, ७ माघ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प शुक्रबार दुई वटा बाइबल प्रयोग गरेर सपथ ग्रहण गर्ने छन् ।

यसमा एउटा बाइबल त्यो हो जुन अब्राहम लिङ्कनले पहिलो पटक सपथ ग्रहण गर्दा प्रयोग गरेका थिए । र, दोस्रो बाइबल भने उनको बच्चाबेलाको बाइबल हो । यो बाइबल १९५५ जुन महिना १२ गते उनकी आँमाले उनलाई उपहार स्वरुप दिएकी थिइन ।

डोनाल्ड ट्रम्पलाई अमेरिकाका मुख्य न्यायाधीश जोन रोर्बटस् ट्रम्पले सपथ खुवाउने छन् ।

अमेरिकाको प्रेसिडेन्सियल इनौग्रेशन कमिटीले (पस्आईसी) शपथ कार्यक्रमको बारेमा बताएको हो । पीआईसी प्रमुख टाम बराकले भने की आफ्नो सपथ ग्रहण सम्बोधनमा लिङ्कनले ‘भगवानका केही खास दुत’हरुसँगै कुरा गरेका थिए ।

उनले भने की निर्वाचित राष्ट्रपति ट्रम्प पनि बाइबलमा आफ्नो हात राख्न पाउने कुरालाई लिएर सारै सौभाग्यशाली मानेका छन् र यो उनको परिवार र देशका लागि धेरै महत्व रहेको छ ।

पूर्व राष्ट्रपति बराक ओबामाले पनि २००९ र २०१३ मा शपथ लिने क्रममा लिङ्कनकै बाइबलको प्रयोग गरेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट