भ्रष्टाचार न्यूनीकरणका लागि युवा

प्रकाशित मिति: ७ माघ २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

विराटनगर, ७ माघ । निःशुल्क रुपमा शिक्षा, स्वास्थ्य र न्यायको व्यवस्था भएमा भ्रष्टाचारको न्यूनीकरणमा ठूलो मद्दत पुग्ने भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियानका अभियानकर्मी भरत जङ्गमले बताए ।

भ्रष्टाचार एक प्रवृत्ति हो, यसलाई रोक्नका लागि मानवको मस्तिष्कमा रहेको भ्रष्टाचार मानसिकतालाई नै अन्त्य गर्नु पर्ने उनले बताए ।

शुक्रबार स्वतन्त्र विचार मञ्चद्वारा आयोजित कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रणको विषय पाठ्यक्रममा समावेश गर्नुपर्ने सुझाव पनि दिए । आजको युवामा बढी उदासीनता देखिएकाले तिनलाई भ्रष्टाचार न्यूनीकरणका लागि जगाउन आवश्यक रहेको पनि उनले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट