राजविराजमा बम फेला

प्रकाशित मिति: ७ माघ २०७३, शुक्रबार

सप्तरी, ७ माघ । सप्तरीको राजविराजमा बम फेला परेको छ ।

शुक्रबार बिहान नगरपालिका–१ स्थित फनचराज दुगडको घर अगाडि शङ्कास्पद रुपमा ग्रिनेड बम फेला परेको छ ।

राजविराजस्थित कृष्ण गणबाट बम निष्क्रिय गर्नका लागि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी त्यहाँ पुगेको छ ।

बम फेला परेपछि तनावपूर्ण बनेको त्यस ठाउँमा जयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ति मोर्चाको पर्चा भेटिएको प्रहरीले जानकारी छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट