नतिजाका आधारमा शिक्षकलाई तलब

प्रकाशित मिति: ७ माघ २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

जाजरकोट, ७ माघ । जिल्ला शिक्षा कार्यालयले जाजरकोटमा ल्याइएको अनौपचारिक शिक्षाका शिक्षकलाई विद्यार्थीको नतिजाका आधारमा तलब भुक्तानी गरिने भएको छ ।

२६ गाविस र १ नगरपालिकामा १५० कक्षा सञ्चालनमा ल्याएको छ । प्रतिकक्षा १० विद्यार्थी सहभागी भएका छन् । जिल्ला शिक्षा अधिकारीका अनुसार रकम मात्र जाने तर विद्यार्थी साक्षर नहुने चलनलाई हटाउनका लागि अब नतिजाको आधारमा मात्र तलब भुक्तानी गरिने बताए ।

विद्यालय जानबाट वञ्चित भएका तर पढ्नलाई निकै रुची राख्ने, गरिबीका कारण पढाई छाड्न बाध्य भएका विद्यार्थीलाई यो कार्यक्रमले समेट्ने उक्त कार्यक्रम तीन महिना सम्म चल्ने छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट