राप्रपाले साढे चारलाख साधारण सदस्यता वितरण

प्रकाशित मिति: ६ माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार

काठमाडौँ, ६ माघ । प्रारम्भिक तथ्याङ्कअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले करिब साढे चारलाख साधारण सदस्यता वितरण गरेकोे छ ।

गत मङ्सिर २५ देखि पुस २९ गतेसम्म महाधिवेशन प्रयोजनका लागि सो सदस्यता देशभर वितरण गरिएको थियो । केही जिल्लाबाट तथ्याङ्क आउने क्रम जारी छ । ती साधारण सदस्य मध्येबाट वडा, गाउँ र नगरको महाधिवेशनमा प्रतिनिधिसमेत छनौट गरिने पार्टीले जनाएको छ ।

सहभागीलाई समयमै राजनीतिक कार्यपत्र, विधान, झोलालगायत सन्दर्भ सामग्री उपलब्ध गराउने र महाधिवेशनमा छलफल व्यापक बनाउने तयारीसमेत गरिएको छ । यसअघि राप्रपा तथा राप्रपा (नेपाल)को एकीकरण भएपछि जिल्लाभर रहेका दुवै पार्टीको एकता सम्पन्न गरिएको छ।

महाधिवेशन आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म  काठमाडौँमा गरिनेछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट