र्याप गायक यमबुद्वको पोष्टमार्टम रिपोर्ट सार्वजनिक

प्रकाशित मिति: ६ माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, ६ माघ । चर्चित र्याप गायक अनिल अधिकारी ‘यमबुद्व’ को पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ ।

पोष्टमार्टम रिपोर्ट अनुसार उनले आत्महत्या नै गरेको र आत्महत्या हुनुभन्दा अघि मदिरा सेवन गरेको देखाएको छ । साथै उनको बंगारा भाँच्चिएको पनि रिपोर्टमा उल्यख छ ।

रिपोर्ट अनुसार उनले लागुऔषधको सेवन नगरेको पुष्टि भएको छ । मृत्यु हुने रात उनले श्रीमतीसँग बसेर वाइन पिएका थिए ।

मुत्यु अघि यमबुद्धले आफ्नो पासपोर्ट स–सानो टुक्रा गरी च्यातेको समेत भेटिएको छ । उनको यसो गर्नुका पछाडि के कारण हुनसक्छ भन्ने विषयमा केही खुल्न सकेको छैन । हाल उनको शव नर्थविक पार्क अस्पतामा छ ।

गत शनिबार बिहान उनी लण्डनस्थित आफ्नै घरको बाथरुममा बेल्टमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट