सिंह र खड्का मन्त्री हुने

प्रकाशित मिति: ६ माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, ६ माघ । आज प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।

दाहालले साना एक सिटे दलबाट समाजवादी पार्टीका सांसद प्रेमबहादुर सिंह र अखण्ड नेपाल पार्टीका सांसद कुमार खड्कालाई मन्त्री नियुक्त गर्न लागेका हुन् ।

स्रोतका अनुसार दिउँसो साढे २ बजे सिंहलाई खानेपानी तथा सरसफाइ र खड्कालाई महिला बालबालिका तथा समाज कल्याण्ड मन्त्री नियुक्त भइ सपथ ग्रहण गर्ने छन् ।

हाल दाहाल सरकारमा ४१ सदस्यीय छन् भने २ उपप्रधानमन्त्री छन्, २४ मन्त्री र १४ राज्यमन्त्री छन् । उक्त विस्तारसँगै मन्त्रिपरिषद् ४३ सदस्यीय हुनेछ


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट