कुन कुन जिल्लामा घट्यो ग्यासको मूल्य ?

प्रकाशित मिति: ६ माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, ६ माघ । पाँच जिल्लामा नेपाल आयल निगमले ग्यासको मूल्य घटाएको छ ।

नेपाल आयल निगमका अनुसार अब अब बाँके, बर्दिया, कैलाली कञ्चनपुर र दाङ जिल्लाहरुमा प्रतिसिलिण्डर १३०५ रूपैयाँ मात्र पर्नेछ ।

भारतको मथुरा र कर्नाल डिपोबाट आउने आयल निगम क्षेत्रीय कार्यालय भलवारीको ढुवानी खर्च कम भएकाले मूल्य घटाइएको जनाइएको छ । बुधबारबाट नयाँ मूल्य रूपन्देहीमा लागू भएको छ ।

निगमले प्रतिसिलिन्डर २० रूपैयाँ मूल्य घटाएपछि कमिशन कम भएको भन्दै ग्यास बिक्रेता संघ आन्दोलनमा उत्रिएका थियो भने बिक्रेता र ग्यास उद्योगीबीच सहमतिपछि नयाँ मूल्य लागू भएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट