इण्डोनेसियाका राजदूतले प्रधानमन्त्रीसँग बिदाई भेट गरे

प्रकाशित मिति: ६ माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, ६ माघ । नेपालका लागि इण्डोनेसियाका राजदूत इवान विरान्ता अत्मड्जाले प्रधानमन्त्री पुष्पकमल दाहालसँग बिदाई भेट गरेका छन् ।

राजदूत अत्मड्जाको कार्यकालमा नेपाल र इण्डोनेसियाबीचको सम्बन्ध थप सुमधुर भएको भन्दै बिहीबार बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले राजदूत र इण्डोनेसिया सरकारप्रति आभार व्यक्त गरेका हुन् ।

प्रधानमन्त्रीले इण्डोनेसियाको इतिहास र संस्कृति आफ्ना लागि धेरै नै शिक्षाप्रद भएको भन्दै आगामी दिनमा इण्डोनेसियासँग पर्यटन, जलविद्युत र आर्थिक विकासका क्षेत्रमा नेपाल सहकार्य गर्न ईच्छुक रहेको धारणा व्यक्त गरे ।

आफ्नो कार्यकालमा नेपाल सरकारले गरेको सहयोग र सद्भावका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिँदै भेटमा राजदूत अत्मड्जाले दुई देशीय सम्बन्ध बिस्तारमा आफ्नो कार्यकाल सफल भएको बताए ।

अत्मड्जाले आफ्नो ४ वर्षे कार्यकालको समाप्तिसँगै प्रधानमन्त्रीसँग बिदाई भेट गरेका हुन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट