पार्टीबाट निष्कासित सांसद राजवंशी

प्रकाशित मिति: ६ माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, ६ माघ । पार्टीको नीतिविपरीतको गतिविधिमा संलग्न भएको भन्दै नेपाः राष्ट्रिय पार्टीले सांसद लक्ष्मण रजवंशीलाई पार्टीबाट निष्कासित गरेको छ ।

साधारण सदस्यसमेत नरहने गरी राजवंशीलाई पार्टीबाट निष्कासित गरेको हो । राजवंशीलाई सांसदबाट समेत निष्कासन गरिएको विज्ञप्तिमा उल्लेख छ । राजवंशी समानुपतिक तर्फबाट सांसद छन् ।

राजवंशीले संसदमा टेबुल भएको संविधान संशोधनका विषयमा पहिचानविरोधी आन्दोलनका गतिविधिमा सहयोग गरेका कारण निष्कासन गरिएको बताइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट