चन्द्रागिरिका भौतिक संरचनाको स्थलगत अध्ययन हुने

प्रकाशित मिति: ६ माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, ६ माघ  । चन्द्रागिरि हिल्स लिमिटेडले चन्द्रागिरिमा निर्माण गरिरहेको भौतिक संरचना र निर्माणका क्रममा गरेको वातावरणीय विनाशबारे संसद्को वातावरण संरक्षण समितिले  स्थलगत अध्ययन गर्ने भएको छ ।

समिति अन्तर्गतको वनसम्बन्धी उपसमितिका संयोजक राजाराम स्याङ्तान र अन्य सदस्यले चन्द्रागिरिको स्थलगत निरीक्षण र अनुगमन गर्ने समितिले जनाएको छ । चन्द्रागिरिमा रहेका केबलकार, पाँचतारे रिसोर्ट, भ्यु टावर, मन्दिरलगायत संरचना बनाउँदा भएको वातावरणीय क्षतिबारे अध्ययनका साथै स्थलगत अध्ययनपछि सम्बन्धित पक्षलाई समितिमै बोलाएर छलफल पनि गरिने बताइएको छ ।

समितिले  ऐन/कानुन विपरीत निर्माण भएको ठहरिए संरचना निर्माण बन्द गर्ने समेत जनाएको छ । वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनमा उल्लेख भएअनुसारका प्रतिबद्धता बेवास्ता गर्दै चन्द्रागिरि हिल्स कम्पनीले भौतिक संरचना निर्माण गरिरहेको छ ।

निर्माण गर्ने भौतिक संरचनाको नक्सासमेत पास नभएको र  निर्माणका क्रममा अपनाउनुपर्ने वातावरणीय पक्षबारे ध्यान नदिएको  बताइएको छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट