विद्युत् चोरी गर्ने ९१ जनालाई कारबाही

प्रकाशित मिति: ६ माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार

मोरङ, ६ माघ । विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत नेपाल विद्युत् प्राधिकरण विराटनगरले हुकिङ गरेर विद्युत् चोरी गर्ने ९१ जनालाई कारबाही गरेको छ ।

बुधबार विद्युत्को पोलबाट हुकिङ गरेर सिँचाइ तथा घरमा विद्युत् चोरी गर्ने कारबाहीमा परेको प्राधिकरणले जनाएको हो । एकसय ४० थान टेलिभिजन, १७ थान फ्रिज, ३० थान डिसहोम तथा अन्य गरी तीनसय २८ थान सामान पनि नियन्त्रणमा लिइएको छ ।

विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत विगत तीन महिनामा ११ लाख ४६ हजार ६ सय रुपैयाँ राजस्वसमेत असुल भएको जनाइएको छ भने दैनिक तीनदेखि चार जनालाई कारबाही गरिरहेको कार्यालयले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट