क्यान मेलाको टिकट अनलाइनबाट लिन मिल्ने

प्रकाशित मिति: ५ माघ २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, ५ माघ । क्यान इन्फोटेक मेलाको अनलाइनबाट टिकट खरिद  गर्न सकिने भएको छ ।

क्यान मेलामा अनलाइनबाट टिकट खरिद गर्नेलाई २० प्रतिशत छुटसमेत प्रदान गरिने भएको छ । माघ १३ देखि राजधानीको भृकुटीमण्डपमा सुरु हुने मेला ६ दिन सम्म चल्ने छ । मेलामा दुईसय २२ स्टल मेलामा रहने जानकारी दिइएको छ ।

मेलामा कम्प्युटर हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एक्सेसरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स्, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स र अन्य स्टल रहनेछन् ।

मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क रु १०० र विद्यार्थीलाई रु ५० तोकिएको महासङ्घका महासचिव विश्वराम बलामीले जानकारी दिए । अवलोकनकर्ताले पनि एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ नयाँ प्रविधि, उपकरणको अवलोकन तथा खरिदसमेत गर्न पाउने आयोजकले बताएका छन् ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट