अमेरिकी राष्ट्रपति ट्रम्पको घर निलाम हुदैँ

प्रकाशित मिति: ५ माघ २०७३, बुधबार

एजेनसी

काठमाडौं, ५ माघ । अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको क्वीसस्थित घरको नीलामी हुन लागेको छ । जहाँबाट ट्रम्पको बालापनको सम्झनाहरु जोडिएको छ ।

एक स्थानीय समाचार पत्रका अनुसार सेतो रङको यो घरको निर्माण ट्रम्पका पिता फ्रेड ट्रम्पले गरेका थिए । यस घरमा ट्रम्प चार वर्षसम्म बसेका थिए । गएको वर्ष माइकल डेविस नामक व्यक्तिले उक्त घर करीब १४ लाख डलरमा किनेका थिए ।

यो घरको पेरामाउट रियालिटी यूएसए नामक कम्पनीको तर्फबाट नीलाम हुन लागेको हो । घर बेच्ने व्यक्तिलाई आशा छ कि ट्रम्पको नाम जोडिएकाले यसको रकम निकै धेरै हुनेछ ।

पेरामाउटका अधिकारी मीशा हैगानीले भनेका छन् कि यसको रकम धेरै नै ठूलो छ जो कुनै पनि रियल स्टेटको सम्पति भन्दा बढी हुनै सक्दैन् ।

आउँदो शुक्रबार अर्थात २० जनवरीमा ट्रम्पले राष्ट्रपतिको  सपथ लिेने छन र उनको बसाई आधिकारिक निवास स्थल ह्वाइट हाउस हुनेछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट