उपत्यकामा साना सवारीसाधन हटाउने

प्रकाशित मिति: ५ माघ २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, ५ माघ । सार्वजनिक यातायातलाई व्यवस्थित गर्न यातायात व्यवस्था विभागले उपत्यकामा साना सवारीसाधनलाई क्रमिक रुपमा हटाउने भएको छ ।

उपत्यकामा सवारीसाधनको अत्यधिक चाप परेपछि माइक्रोबस, मिनी माइक्रोलगायत चारपाङ्ग्रे स-साना सवारीसाधनलाई विस्थापन गरी धेरै यात्रु ओसार्न सक्ने ठूला सवारीसाधन सञ्चालनको तयारी गरेको हो ।

करिब एक वर्षको समय अवधिमा ५० प्रतिशतले सवारीसाधन विस्थापित गरिने अनुमान विभागले गरेको छ । त्यसैगरी, २० वर्ष पुगेका सरकारी तथा निजी सवारीसाधनलाई पनि आगामी फागुनको तेस्रो हप्तादेखि विस्थापित गर्ने गृहकार्य भइरहेको छ ।

अत्याधुनिक सुविधा सम्पन्न केही ट्याक्सी भने सञ्चालन गरिनेछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट