ट्रम्पविरुद्ध यौन दुव्र्यवहारको आरोप

प्रकाशित मिति: ५ माघ २०७३, बुधबार

एजेन्सी

काठमाडौं, ५ माघ । अमेरीकाका नव-निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध यौन दुव्र्यवहारको आरोप लागेको छ ।

४१ वर्षकी पूर्व रियालिटी शो प्रतिभागी समर जर्वासले अहिले मान हानीको मुदा दर्ता गरेकी छन्। २००७ मा आफूमाथि ट्रम्पले दुव्र्यवहार गरेको समर जर्वासले बताइन । उनले भनेकी छन् – ‘कि ट्रम्पले आफ्नो व्यवहारलाई लिएर देश र जनतालाई छल गरेका छन् ।’

एक प्रेस सम्मेलनमा उनले उक्त मुदा दर्ता गर्ने घोषण गरेकी हुन । उनले भनेकी छन् – ‘ट्रम्प झूटा र महिला बिरोधी हुन । ट्रम्पले मेरो मान हानी गरेका छन् ।’

यो समाचार ट्रम्पले सपथ लिनु तिन दिनअघि आएको हो ।

जर्वासले भनेकी छन् – ‘ट्रम्पसँग रोजगारका लागि बिवर्ली हिल्स होटलमा भेटन भएको थियो ।’  त्यसै बेलामा ट्रम्पले यौन हमला गरेको र आफु बचेर निसकेको उनले बताइन ।

नव-निर्वाचित राष्ट्रपति ट्रम्पले भने यस आरोपलाई खारेज गर्दै उक्त विषय गलत र बकवास हल्ला मात्र भएको बताएका छन् । यस विषयमा उनले जर्वास प्रति कानुनी कारवाही हुने कुरा गरेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट