८० न्यायाधीशले सर्वोच्च अदालत परिसरमा सपथ लिने

प्रकाशित मिति: ५ माघ २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, ५ माघ । बुधबार दिउँसो सर्वोच्च अदालत परिसरमा हुन लागेको सपथ कार्यक्रम नवनियुक्त ८० न्यायाधीशहरुले पद तथा गोपनीयताको सपथ लिनेछन् ।

दिउँसो साढे १ बजे प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायाधीशहरुलाई सपथ गराउनेछिन् । भूकम्पले क्षतिग्रस्त सर्वोच्चको मुल भवन परिसरको चौरमा टेन्ट टाँगेर बनाइएको हलमा न्यायाधीशहरुको सपथ हुने भएको हो ।

हालै न्यायपरिषदले उच्च अदालतका लागि ८० न्यायाधीश सिफारिस गरेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट