त्रिशुलीमा ट्यांकर खस्यो

प्रकाशित मिति: ५ माघ २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार

चितवन, ५ माघ । काठमाडौँबाट बाराका लागि हिँडेको ट्यांकर त्रिशुली नदीमा खस्दा चालकसहित ट्यांकर बेपत्ता भएको छ ।

मंगलबार राति रित्तो पेट्रोल ट्यांकर साडे ११ बजे मुग्लिन९नारायणगढ सडक खण्डको चण्डिभञ्याङ्ग, ५ कालिखोलानबाट त्रिशुली नदीमा खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बेपत्ता भएका चालक बारा अम्लेगञ्जका उमेश तामाङ हुन् । ट्यांकरका सहचालक प्रदिप लामालाई चितवन प्रहरीले उद्दार गरेको छ ।

बेपत्ता चालक र ट्यांकरको खोजी भइरहेको छ भने घाइते लामाको भरतपुरस्थित कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट