अन्तिम पटक चन्द्रमामा पुगेका सरनानको निधन

प्रकाशित मिति: ४ माघ २०७३, मंगलवार

एजेन्सी

वाशिङ्गटन, ४ माघ । अन्तिम पटक चन्द्रमा पुगेका जीन सरनान को ८२ वर्षको उमेरमा निधन भएको छ ।

अमेरिकी स्पेस एजेन्सी नासाले सरनानको परिवारबाट उक्त खबर दिएको हो । पारिवारीक श्रोतबाट प्राप्त जानकारी अनुसार सरनानको निधन हुदा उनको परिवार उनको साथ मै थिए ।

१९३४ मार्च १४ मा सिकागो नजिकै जन्मेका सरनानले आफ्नो करियरको सुरुवात अमेरिकी नौ सेनामा पायलटबाट गरेका थिए । पछि गएर उनी एस्ट्रोनट कार्पसँग जोडीन पुगे, सरनानले एपोलो १७ यानबाट आफ्नो सहयोगी अन्तरिक्ष यात्री हैरिसन स्क्मिटसँग  १९७२ डिसेम्बर ११ मा चन्द्रमामा पाइला राखेका थिए ।

उनले लगभग ३० किलोमीटरको यात्रा गरेर चन्द्रमाको सतहको सय किलो भन्दा बढी ढुङगा र माटो जम्मा गरेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट