ह्याप्पी बेबी गिफ्ट प्याक

प्रकाशित मिति: ४ माघ २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार

दमक, ४ माघ । झापाको लखनपुर गाविसले जन्म दर्ता प्रभावकारी बनाउन “ह्याप्पी बेबी गिफ्ट प्याक” उपहार कार्यक्रम सुरु गरेको छ ।

गाविसले माघ १ गतेदेखि समयमा नै घटना दर्ता गराउने सेवाग्राहीलाई उपहार दिन थालेको हो । जन्मिएको ३५ दिनभित्रमा नै जन्मदर्ता गराउँदा उपहार दिने व्यवस्था सुरु गरिएको गाविस सचिव राजकुमार शाक्यले बताए ।

गाविसलाई बालमैत्री गाविस घोषणाका लागि सहयोग पुर्याउन उक्त नौलो कार्यक्रम थालिएको उनले बताए । उक्त सेवा लिँदा गाविसले शिशुका लागि आवश्यक पर्ने सेम्पु, साबुनलगायत पोका नै उपहार दिने गर्छ ।

उक्त कार्यक्रम सञ्चालन गराउन गाविसले चालु आवका लागि रु तीन लाख रकम विनियोजन गरेको छ ।

उपहार लिनका लागि सेवाग्राहीले शिशु जन्मिएको प्रमाणपत्र पेस गर्नुपर्ने, शिशुले पहिलो खोप बिसिजी लगाएको हुनुपर्ने, परिवारले अनिवार्य रुपमा शौचालय बनाएको हुनुपर्ने जस्ता मापदण्ड राखिएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट