यस वर्षदेखि हीरक उत्सव मनाउने

प्रकाशित मिति: ४ माघ २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार

काठमाडौँ, ४ माघ । विविध कार्यक्रम आयोजना गरी  यस वर्षदेखि आउदो वर्षको असार १४ गतेसम्म नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो स्थापनाको हीरक उत्सव मनाउने भएको छ ।

मंगलबार प्रतिष्ठानको ३१औँ प्राज्ञसभाका उपलक्ष्यमा आयोजित कार्यक्रममा प्रतिष्ठानले आफ्नो पहिचानलाई अन्तर्राष्ट्रिय जगत्मा उजागर गर्न दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनमा आबद्ध देशमा रहेका प्रज्ञा–प्रतिष्ठानसित सम्बन्ध विस्तार गर्न सुरु गरेको जानकारी दिइएको छ ।

प्राज्ञसभाको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले सबै भाषा र संस्कृतिलाई संरक्षण तथा प्रवद्र्धन गर्न बहुसांस्कृतिक मन्त्रालय आवश्यक रहेको बताए ।

सबै भाषाभाषीलाई प्रज्ञा–प्रतिष्ठान मेरो पनि हो भन्ने भावना जगाउन आवश्यक रहेको र यसका लागि एक भाषाभाषीले अर्को भाषाभाषीलाई निषेध नगरी अगाडि बढ्नुपर्ने प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले बताए ।

प्रतिष्ठानले उक्त अवसरमा आफ्नो इतिहास ग्रन्थ प्रकाशन, उत्कृष्ट १० स्रष्टालाई सम्मान, विद्युतीय पुस्तकालयको प्रारम्भ र बहुलतालाई सम्बोधन हुने गरी विशेष काव्य महोत्सव आयोजना गर्नेछ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट