तस्करीमाथि कडा कारबाही गर्ने

प्रकाशित मिति: ४ माघ २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार

काठमाडौँ, ४ माघ । सुन तस्करीमा संलग्न दोषीलाई कडा कारबाही गर्ने सरकारले चेतावनी दिएको छ ।

हालै सुन बरामद भएको घटनाको गहन अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न उपप्रधानमन्त्री कृष्णबहादुर महराले अर्थमन्त्रालयका सचिव र भन्सार विभागका अधिकारीलाई निर्देशन दिएका हुन ।

मंगलबार एक विज्ञप्ति जारी गरी सुन बरामद भएको घटनालाई लिएर मन्त्री महराको चरित्र हत्या गर्ने ढङ्गले समाचार प्रकाशन भएकामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै राजनीतिक पूर्वाग्रह राखेर त्यसो गरिएकामा मन्त्रालयले खेद प्रकट गरेको छन् ।

कर फछ्र्योट आयोग गठन गर्न नेपाल उद्योग वाणिज्य महाङ्घले माग गरेको तर त्यस सम्बन्धमा कुनै निर्णय नभएको पनि मन्त्रालयले प्रस्ट पारेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट