काठमाडौँ ल्याउँदै गरेको ८ केजी चरेससहित पक्राउ

प्रकाशित मिति: ४ माघ २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार
काठमाडौँ, ४ माघ । मंगलबार आठ केजी चरेससहित महानगरीय प्रहरी विभाग नागढुङ्गाले बागलुङका ५० वर्षीय जुद्ध बनलाई पक्राउ गरेको छ ।

कालो झोलामा प्लास्टिकमा बेरी ग१ख ३६७८ नंको यात्रुबाहक बसमा पोखराबाट काठमाडौँतर्फ चरेस ल्याउँदै गरेका उनलाई पक्राउ गरिएको प्रहरी विभागले जानकारी दिएको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट