सोलारबाट घरमा आगलागी

प्रकाशित मिति: ४ माघ २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार

खोटाङ, ४ माघ । सोलारको तारबाट बाँझेच्यानडाँडा–२ बस्ने महेश गुरुङको घरमा आगलागी भएको छ । सोमबार दिउँसो ३ बजेतिर अचानक सोलारको तारबाट आगलागी हुँदा करिब सात लाख रुपैयाँभन्दा बढीको क्षति भएको हो ।

घरमा कोही नभएको समयमा अचानक लागेको आगोले गुरुङको नगद १५ हजार रुपैयाँ, एक तोला सुन, घर तथा घरभित्र भएको सम्पूर्ण सामानसमेत जल्दा करिब सात लाख रुपैयाँभन्दा बढीको क्षति भएको हो ।

आगोलाई स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट