नाइट क्लब आक्रमणकारी पक्राउ

प्रकाशित मिति: ४ माघ २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, ४ माघ । अंग्रेजी नयाँ वर्षमा इस्तानबुलको एक नाइट क्लबमा ३९ जनाको ज्यान जाने गरी भएको आक्रमणको मुख्य संदिग्ध पक्राउ भएका छन् ।

टर्कीका सञ्चार माध्यमहरुका अनुसार एसनयुर्त जिल्लाबाट माशारिपोवलाई पक्राउ गरिएको हो । सिरियामा भएको सैन्य हस्तक्षेपको बदला लिन आक्रमण गरेको उसले बताएको थियो ।

उक्त आक्रमणमा मारिनेमा इजरायल, फ्रान्स, ट्युनिशिया, लेबनान, भारत, बेल्जियम, जोर्डन र साउदी अरबका नागरिक पनि थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट