ताप्लेजुङका सरकारी कार्यालयमा छड्के जाँच

प्रकाशित मिति: ४ माघ २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार

ताप्लेजुङ, ४ माघ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जिल्लाका सरकारी कार्यालयहरुमा कर्मचारीको अनुपस्थिति बढ्न थालेपछि कर्मचारीको छड्के जाँचलाई बढाएको छ ।

प्रशासनले सोमबारमात्र पाँच वटा कार्यालयमा छड्के जाँच गरेको हो । प्रशासनले सेवाग्राहीको अत्यधिक चाप हुने गरेका चार वटा सरकारी कार्यालयको छड्के जाँच गरी कर्मचारीलाई स्पष्टीकरण सोधेको थियो ।

सोमबार जिल्ला कृषि विकास कार्यालय, जिल्ला शिक्षा कार्यालय, जिल्ला वन कार्यालय, जिल्ला पशुसेवा कार्यालय र महिला तथा बालबालिका कार्यालयमा छड्के जाँच गरेको हो ।

छड्के जाँचको क्रममा कृषि र शिक्षा कार्यालयमा एकरएक जना कर्मचारी अनुपस्थित थिए भने वनमा तीन, पशुसेवामा दुई र महिला तथा बालबालिका कार्यालयमा कार्यालय प्रमुखसहित चार जना कर्मचारी बिनाजानकारी कार्यालयमा हाजिर नभएको पाइएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट