प्याक्टद्धारा कृषकलाई डेढ करोडको कृषि परियोजना प्रदान

प्रकाशित मिति: २ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार

इलाम, २ माघ । इलामका कृषक तथा उद्यमीलाई व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)ले रु डेढ करोड बराबरको कृषि परियोजना प्रदान गरेको छ ।

सरकारको कृषि विकास मन्त्रालयअन्तर्गत जिल्ला पशुसेवा कार्यालयमार्फत सञ्चालित प्याक्टले दूधजन्य पदार्थको उत्पादन, प्रशोधन र वितरणका लागि परियोजना प्रदान गरेको हो ।

विगतमा पनि इलामका किसान तथा उद्यमीलाई एडिबीको सहयोगमा विभिन्न परियोजनामार्फत जीविकोपार्जनमा सहयोग पुर्याउन महत्वपूर्ण परियोजनामार्फत सहयोग गर्दै आएको छ ।

हाल प्रतिव्यावसायिक फार्म र सहकारीलाई न्यूनतम रु तीन लाख र अधिकतम रु चार लाखसम्म सहयोग उपलब्ध गराउन लागिएको जिल्ला पशुसेवा कार्यालय, इलामका प्रमुख डाक्टर पशुपति ढुङ्गानाले बताए ।

चिज, घ्यू, छुर्पी उत्पादन गर्दै आएका व्यावसायिक डेरी, सहकारी संस्था र फार्मले प्रस्तावना पेस गरेकामा उनीहरूसँग सम्झौता गर्ने तयारी गरिरहेको पशुसेवा कार्यालयले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट