बजारमा आयो ‘देखेको विश्व र नेपाल’

प्रकाशित मिति: २८ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार

काठमाडौँ, २८ पुस । बुधबार काठमाडौँमा नवराज भट्टराई ‘कोहम्’ र नारायणप्रसाद भट्टराई ‘सोहम्’ ले लेखेको यात्रा संस्मरण ‘देखेको विश्व र नेपाल’ विमोचन भई बजारमा आएको छ ।

भारत, भुटान र म्यानमार देशको भ्रमण क्रम एक बर्षमा देखेका विभिन्न विषयवस्तु तथा अनुभवमा आधारित सो पुस्तक लेखकद्वयको चौथो कृतिका रुपमा आएको हो । भारत, भुटान र म्यानमारमा रहेका नेपालीले आफ्नो भाषा र संस्कृतिको जगेर्नामा खेलेको प्रशंसनीय भूमिका पुस्तकमा चित्रण गरिएको छ ।

विश्वदर्शन अभियान, नेपालको चौथो वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा साहित्यकार एवम् पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले पुस्तक लोकार्पण गर्दै पुस्तकमा भारत लगायतका मुलुकमा विश्वयात्रीद्वय कोहम् र सोहम्ले देख्नु र अनुभव गरेका विषयलाई सरल शैलीमा प्रस्तुत गरिएकाले नयाँ पुस्तालाई उपयोगी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा हास्य कलाकार श्रीकृष्ण सिम्खडा, भोजपुरे सेवा समाज, काठमाडौँका अध्यक्ष पासाङ्दोर्ची शेर्पा लगायतका वक्ताले पुस्तक गुणस्तरीय र सबैलाई मार्गदर्शन गर्ने खालको रहेको बताएका थिए ।

सोही अवसरमा भारतबाट आउनुभएका नेपाली भाषा पनि जान्ने असमिया भाषी गायक लोहित गोगोईले नेपाल–भारत सम्बन्ध र विश्वबन्धुत्वको सन्देश समेटिएको कविता नेपाली भाषामै सुनाएका थिए ।

यसअघि यात्रीद्वयको गृहजिल्ला भोजपुरमा विमोचित कृति लेखकले २०७०-७१ मा एकबर्षको भ्रमणको अनुभवमा आधारित रहेको छ । यसको मुल्य रु ३०० रहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट