अतिक्रमणको त्रासदीमा वाल्मीकि आश्रम

प्रकाशित मिति: २८ पुष २०७३, बिहीबार

अनिल शर्मा

वाल्मीकिा ऋषिको आश्रम नेपालमा नै पर्छ भन्ने कुरा थोरै नेपालीलाई मात्रै थाहा होला । चितवनको गर्दी गाविस, वडा नं ९ मा चितवन निकुञ्जको घनाजङ्गलको बिचमा वाल्मीकि आश्रम रहेको छ । वाल्मिकी आश्रम वरपर २०३६ सालसम्म ७५ घरहरु थिए । २०३६ सालपछि सरकारी उत्पीडन र भारतीय ज्यादतीपछि बस्तीहरु त्यहाँबाट विस्थापित हुँदै गए । हाल ११ घरधुरी मात्र बाँकी रहेका छन् । नेपाल झल्लकने प्रहरी कार्यालय र आश्रममा सीता, लव(कुस, वाल्मीकिका जीवनकथा धातु फलकमा लेखिएका छन् । वाल्मीकि आश्रमको दर्शन गर्न जाने भारतीयहरु अचम्म मान्दै यो पनि नेपाल हो र । भन्दा नरमाइलो अनुभूति हुन्छ । हाम्रो भूमिमा प्रवेश गर्नासाथ हरेकले नेपालीपन बोध गर्नुपथ्र्र्योे, गराउनुपथ्र्यो ।

हामी अपरान्ह १ बजे नारायणी नहीको त्रिवेणी बाँधमा पुगेका थियौँ । त्यो राष्ट्रघाती बाँधमा राजा महेन्द्र र जवाहरलाल नेहरुले उद्घाटन गरेको फलक टाँसिएको थियो । नेपालको पानी सित्तैमा, नेपालको लाखौँ रोपनी जमिन विनाश गरेर भारतलाई दिएको थियो । जेठको अन्त्यसम्म पनि नेपालतिर पानी गएको थिएन । त्रिवेणी बाँध हेर्यो भने हरेक देशभक्तको हृदय रुन्छ भन्थे । अपमानित जर्मनझै तड्पिएँ म र मलाई सुगौली सन्धि च्यातेर उठ्न पाए हुन्थ्योजस्तो भावना पैदा भयो । साँधुको मुखमा नेपाली मुलको भारतीय फौज थियो । त्यहाँ बाह्रन नम्बर र त्यता आउनको काम लेखाएर हामी भारतीय बाटो हुँदै आश्रमतिर गयौँ । नेपालको बाटोबाट जाँदा सडकक मार्ग रहेनछ । त्रिवेणीधामबाट डुँगामा चढेर जानुपर्दो रहेछ । गर्दी गाविस पाण्डवनगरबाट जाँदा घना निकुञ्ज पर्दछ । निकुञ्जको अनुमति लिनुवर्दछ । भारतीय डाँडाहरुले लुटपाट गर्न थालेपछि निकुञ्जको पैदलयात्रा पनि हाल चल्तीमा रहेको छैन ।

भौंसालोटनलाई आजभोलि वाल्मीकिनगर भनिँदो रहेछ । त्यसको केही क्षणमा नै हामी सोना नदी पुग्यौं । भन्छि, सोना नदी पहिले नेपालमै पर्दथ्यो । सोना नदीको भित्री भागमा पर्ने दून क्षेत्र पनि नेपालमै थियो । माडी र दूनका बीचमा अहिले पनि सुमधुर सम्बन्ध छ । अहिले त्यो क्षेत्र भारतमा पारिएको छ । सोना नदीबाट १.५ कि.मि. उत्तरमा ताम्साा नदी पर्दछ । ताम्सा नदीको किना।मा खक्षिणतिर हाल भारत र नेपालको सिमाना मानिन्छ । प्रहरी र स्थानीय जनताका अनुसार त्यो क्षेत्रमा कतैपनि सीमास्तम्भ छैन । ताम्सा नदी तर्नासाथ प्रवेशद्धार बनाइएको रहेछ । राजा महेन्द्रको पालामा बनेको त्यो द्धार जीर्ण भैसकेको रहेछ । चितवनले प्रहरी कार्यालय राख्न बाहेक अरु कुनै कर्तव्यबोध गरेको ददेखिन्न साातजना प्रहरी र ११ घरधुरीका नेपाली बबुराहरु माटोको भर ढुङ्गा ढुङ्गाको भर माटो भएर भनेझैँ गरेर जीवनरुपी ढुङ्गा घिसारिरहेका छन् । प्रहरीचौकीमा खानेपानी छैन । बिजुली छैन । सञ्चार छैन । भारतको बाटो भएर यात्रा गर्नुपर्छ । भारतीय फौजसँग दैनिक एक गाग्री पानी मागेर प्राणा धान्नुपर्छ । पराईको दया, निगाहामा बाँचेका नागरिकले कसरी देशको सार्वभौमिकताको रक्षा गर्छन् ? उनीहरुमा कसरी मनोबल उ्रच्च हुन्छ ? जसरी काठमाडौँलाई काठमाडौँ नै नेपाल हो भन्ने लाग्छ, त्यहाँ पुग्दा भरतपुरका शासकहरुलाई भरतपुर मात्रै चितवन हो भन्ने लागेको रहेछ । भन्ने लाग्यो मलाई ।

वाल्मीकि ऋषिले संस्कृत भाषामा रामायण लेखेको कविभूमिको आँगनमा श्रद्धापूर्वक आतिथ्य सत्कार गर्दै गुनासो गरे, बिजुलिको तार कुहियो तर बत्ती आएको छैन । फोन लाग्दैन । सडक छैन । परिवारसहित बाँकी संसारसँग हाम्रो सम्बन्धविच्छेद छ । निकुञ्जले रोकेको भन्छन् । १२ बिघा काँढेतार भित्र नै हो सर हाम्रो संंसार । चालीस वर्ष कटेका अधबैंसे रामशरण गिरी सीमा अतिक्रमण राोक्नका लागि बाढीपिडितलाई राजा महेन्द्रले राखेको रे । म त यहीँ जन्मेको हुँ । यो आश्रममा मानव बस्तीअघि डाँकाहरु लुक्ने गर्थे रे भन्छन् । हामी छलफल गरिरहेकै समयमामन्दिरको पुजारी सुकियादेवी माझी आइपुगिन् । पिताको मृत्युपछि अहिले उनी पुजारी छिन् । राजा वीरेन्द्रसँग बिन्ती गरेपछि सीतामाताको मन्दिर बनाइदिएको उनको भनाइ थियो । २०२४ सालदेखि त्यहाँ बस्ददै गरेका मंगलबहादुर चिडीमगरका अनुसार आश्रमदेखि १ कि.मि. उत्तरतिर ब्रम्हाचौर भन्ने ठूलो बस्ती थियो । जहाँ पूर्वसैनिकहरु बस्थे । निकुञ्जले त्यो बस्ती उठायो । वाल्मीकि आश्रमका काजी क्षेत्री, पदमबहादुर विश्वकर्मा र दिबहादुर सारुमगरलााई निकुञ्ज अतिक्रमण गरेको आरोपमा गिरफ्तार गरेर भीमफेदी कारागार लगियो । त्यसपछि बस्ती झन् घट्दै गयो । भारतीय पक्षले वाल्मीकि आश्रममा मन्दिर बनाउने प्रस्ताव राखेका रहेछन् । तर नेपाली सुकुमबासीहरुले भारतको अतिक्रमण बढ्ला भनेर मन्दिर बनाउन दिएका छैनन् । भौतिक रुपमाा अभाव छ, गरिबी छ तर राष्ट्रियताप्रति सचेत छन् । उनीहरु मानव सीमा स्तम्भ बनेर उभिएका छन् । इमानदार छन् र सोझा छन्, मायालु व्यवहार गर्छन् । धेरै पढेर, बसेर मात्रै मान्छे सभ्य नहुने रहेछ । जङ्गली उपभोक्तावादबाट मानवीकरण नै सभ्यता हो, बस्न त पशुपतिकाा बाँदर पनि शहरमा नै बस्छन् ।

जनयुद्धका समयमा गोर्खामा मनकामना चौकी कब्जा गरेको लगतै वाल्मीकि आश्रमको प्रहरी चौकी विस्थापित भयो । त्यसपछि भारतीय ज्यादती झन् बढ्न थाल्यो । भारतीय सीमा सुरक्षा फौजले पाँच कि.कि. भित्रसम्म हामी जे पनि गर्न सक्छौँ, धम्की दिँदै भन्थे । सो क्षेत्रमा प्रहरी चौकी मात्रले सुरक्षा गर्न सम्भव छैन । नजिकै भारतीय सीमा सुरक्षा बल बसेको छ , त्यो क्षेत्र निकै संवेदनशील क्षेत्र पनि हो । त्यसैले त्यहाँ सीमा सुरक्षा बल या सशस्त्र प्रहरी चाौकी रहनु पर्दछ । सञ्चार र भौतिक साधनको व्यवस्था गरिनु पर्दछ । त्रिवेणी शिवालय र आश्रमबीच छोटो दूरीमा नारायणी नदीमा झोलुङ्गेपुल बनाउने हो भने नेपालीहरुलाई भारतमाथि निर्भर हुनु पनि पर्दैन । त्यसो गर्दा वाल्मीकि आश्रमलाई धार्मिक पर्यटकीय स्थल बनाउन सकिन्छ ।

त्रिवेणीबाट वाल्मीकि आश्रम भारतको बाटोबाट ६.९ कि.मि. दरुरीमा गर्दछ । गर्दी निस्ककनका लागि अग्निपथ निर्माण गरेर परम्परागत धार्मिक यात्रा जारी राख्न सके वाल्मीकि आश्रमकेमा चितवनको पहलकदमी बढाउन सकिन्छ । चितवनले वाल्मिकी आश्रमको संरक्षणमा पहलकदमी लिनु पर्ने हो । त्यो गर्द स्थानीय नेपाली जनतटा र सरकारी कर्मचारीहरुको मनोबल बढाउन सकिन्छ । राष्ट्रिय गौरव जागृत गराउन सकिन्छ । ऐतिहासिक स्थल भएका कारणा स्वदेशी तथा विददेशी पर्यटक भित्र्याउन सकिन्छ । आर्थिक गतिविधि बढ्न जान्छ । सीमा सुरक्षा सहज हुन जान्छ । वाल्मीकि आश्रम स्थल हुनुको नाताले हिन्दू समाजमा नेपालको प्रतिष्ठा उँचो बन्दछ । सो क्षेत्रबाट बन, काठ, जडीबुटी र वन्यजन्तु तस्करी भैरहेका कारण निकुञ्जको सुर्रक्षामा सहयोग पुग्दछ । राज्यको पकड विस्तार हुन्छ ।

वाल्मीकि ऋषिको समाधिस्थल, लवकुशले वाल्मीकिबाट शिक्षा लिएको स्थल रावणले सीता हरण गरेको स्थल आदि कारणले धार्किक गर्यटन विस्तारमा ठूलो सम्भावना रहेको छ । चितवन जिल्लामै अवस्थित वाल्मीकि आश्रम अँध्यारो बनमा कतै हराइरहेको छ । चौतर्फी भारतीय अतिक्रमण बढिरहेका कारण संरक्षणको पर्खाइमा रहेको छ । दरिुक्षणमा ताम्सा नदी, दून क्षेत्र र भारतको बाघ संरक्षण क्षेत्र पश्चिममा त्रिवेणीधाम र नाारायणी नदी, उक्तमा निकुञ्जका बीच १२ बिघामा फैलिएको वाल्मीकि आश्रम मनोहारी छ । तरर हामीले हाम्रो महान निधिलाई चिन्न सकेका छैनौं । साँझ हामी बर्दघाट आएर बास बस्यौं । त्यसबेला मलाई अङ्ग्रेजी कवि सर बाल्टरको भनाइ स्मरण भैरहेथ्यो ( त्यो मान्छे एकै जूनीमा दुईपल्ट मर्नेछ, जो आफ्नो देशको माटोलाई माया गर्दैन । त्यहाँ पुगेपछि थाहा भयो राजा महेन्द्र र वीरेन्द्र वाल्मिकी आाश्रम पुगेका रहेछन् । मुख्यमन्त्री भएपछि बिहारका मुख्यमन्त्री नीतिशकुमार दोन क्षेत्रको भ्रमणका क्रममा त्यहाँ पुगेछन् । तर नेपालका आँखा त्यहाँ पुग्न सकेको छैनन् ।

 २०७० जेठ १८,

बर्दघाट, नवलपरासी

(राष्ट्रियता र राप्तीदुन)


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट