आगलागीबाट घर नष्ट

प्रकाशित मिति: २७ पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार

हुम्ला, २७ पुस । दक्षिण भेगमा पर्ने मदना गाविस–५ बस्ने धनवीर ऐडीका घरमा आगलागी भएको छ । आगलागी हुँदा रु ४० हजार तथा लिउ, फेरुवा, लत्ताकपडा, गलैँचासमेत नष्ट भएको छ ।

आगलागीबाट रु दुई लाख ५० हजार बराबरको क्षति भएको ऐडीले जानकारी दिए ।

यसैबीच, सिमकोट गाविस, बुराउसे–७ र ८ का लामा जातिका ७० वर्षभन्दा माथिका वृद्धवृद्धा ३८ जनालाई जनही रु चार हजारका दरले रु एक लाख ५२ हजारबराबरको कम्बल दिइएको गाविसका सचिव धर्मराज रोकायले वितरण गरेका थिए  । (अपडेट)


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट