एभरेष्ट बैंकको सोह्रखुट्टेमा एटिएम सेवा सुरु

प्रकाशित मिति: २५ पुष २०७३, सोमबार

काठमाडौं । एभरेष्ट बैंकले सर्वसाधारणहरुलाई सर्वसुलभ बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यका साथ  भारतीय दूतावास, कल्याणकारी विभाग, सोह्रखुट्टेमा आफ्नो एटिएम सेवा सुरु गरेको छ । उक्त सेवाको उद्घाटन पन्जाब नेशनल बैंकका कार्यकारी निर्देशक डा. राम.एस. सांगापुरेले गरे ।

उक्त कार्यक्रममा विशेष अतिथिका रुपमा भारतीय दूतावासका रक्षा सहचरी कर्नल मनराज सिंह मान, एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ उपस्थित थिए ।

सोहि दिन बैंकका संचालकहरुको बैठकमा बैंकको कर्पाेरेट धुनको पनि विमोचन गरेका छन् । सो धुनलाई बैंकले आफ्नो श्रव्य–दृष्य सामाग्रीहरुमा प्रयोग गर्नेछ ।

एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजश्व संकलन काउन्टर र ८६ एटिएममार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट