नयाँवर्षमा इन्टरनेट जडान गर्ने ग्राहकलाई वल्र्डलिंकको अफर

प्रकाशित मिति: २२ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं । वल्र्डलिंक कम्युनिकेसन्सले नयाँवर्ष २०१७ कोअवसरमा इन्टरनेट जडान गर्ने ग्राहकलाई ६ गुणासम्म थप डाटा उपलब्ध गराउने अफर सार्वजनिक गरेको छ । यस अफरमा ग्राहकले निःशुल्क जडान सुविधा पाउने छन् । साथै, कम्पनीले निशुल्क राउटर पनि उपलब्ध गराउने घोषणा गरेको छ ।

कम्पनीले टिभी हेर्ने नयाँप्रविधि इन्टरनेट प्रोटोकल (आइपी) टिभीसमेत ३ महिनासम्म निःशुल्क उपलब्ध गराउनेछ । आइपी टिभी जडान गर्न लाग्ने सेटअप बक्स ५० प्रतिशत छुटमा उपलब्ध गराइने कम्पनीले जनाएको छ । यो योजना वार्षिक ग्राहकका लागि इन्टरनेट तथा आइपि टिभी सेवा लिँदा उपलब्ध हुने बताइएको छ ।

आइपी टिभी नेपालमा पछिल्लो पटक भित्रिएको टिभी हेर्ने नयाँ प्रविधि हो । यस प्रविधिबाट ग्राहकले इन्टरनेटको केबुलकै माध्यमबाट टिभी हेर्न पाउने छन् । यस्तो प्रविधिबाट प्रसारण हुने टिभीमा ग्राहकले १ साता अगाडिको कार्यक्रमसमेत हेर्न सक्छन् ।

आइपी टिभीको प्रसारण गुणस्तरीय हुन्छ । वल्र्डलिंकले २१ बर्षदेखि इन्टरनेट र कर्पोरेट ग्राहकलाई डाटा सेवा प्रदान गर्दै आएको छ । कम्पनीका देशभर ६० हजारभन्दा बढी ग्राहक छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट