ग्लोबल आइएमईले मनायो १०औँँ वार्षिकोत्सव

प्रकाशित मिति: २२ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १०औँ वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निःशुल्क मधुमेह परीक्षण कार्यक्रमको आयोजना गरेको छ । ‘रक्तदान नै जीवन दान’ हो भन्ने मुल नाराका साथ १८ पुसमा बैंकको कान्तिपथ शाखामा आयोजना गरिएको रक्तदान तथा निःशुल्क मधुमेह परीक्षण कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहक सहभागी थिए ।

०६३ साल १७ पुसबाट संचालनमा आएको ग्लोबल आइएमई बैंकले स्थापनाको छोटो अवधिमै अलग पहिचान बनाउन सफल भएको छ । स्थापनाको १ दशकमा बैंक अफ द इएर तथा बेस्ट इन्टरनेट बैंकिङ अर्वाडबाट समेत ग्लोबल आइएमई बैंक सम्मानित भइसकेको छ । ९१ शाखा, १ सय ३ एटिएम, ६ बटा एक्टेन्सन काउन्टर, ४४ शाखारहित बैंकिङ सेवा रहेको ग्लोबल आइएमई बैंकले ६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ ।

बैंकले अत्याधुनिक प्रविधियुुक्त मोवाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अस्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइनलगायत मुलुकबाट रेमिट्यान्स सेवासमेत प्रदान गर्दैआएको छ ।

यसैबीच, ग्लोबल आइएमई बैंकले आफ्नो १०औँ वार्षिकोत्सवको अवसरमा निःसहाय सेवा सदन, शान्तिनगरमा आश्रय लिइरहेका वृद्धवृद्धाहरूलाई खाना खुवाउनुको साथै कम्बल वितरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत निःसहाय सेवा सदनमाा आश्रय लिइरहेका ४५ जना वृद्धबृद्धाहरूलाई सहयोग गरेको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट