मोबाइल महोत्सव २०७३ सम्पन्न

प्रकाशित मिति: २२ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं । नेपाल मोबाइल व्यवसायी संघले १३ पुसदेखि आयोजना गरिरहेको न्यूरोड मोबाइल महोत्सव २०७३ सम्पन्न भएको छ ।

मेलामा १७ हजार भन्दा बढि स्मार्टफोनहरू बिक्री भएको आयोजकले जनाएको छ । मोबाइलको मूख्य केन्द्रको रूपमा रहेको न्यूरोडका स्थानीयबासी र पाको यूथ क्लबको सहयोगमा आयोजित महोत्सवमा ५ लाखभन्दा बढी ग्राहक सहभागी भए ।

महोत्सवमा विशेष गरेर फोरजी प्रविधियुक्त स्मार्टफोनहरूको माग ग्राहकहरूले अधिक गरेका थिए भने फिचर फोनबाट स्मार्टफोनमा अपग्रेड हुने ग्राहकहरूको संख्या पनि उल्लेखनिय थियो । यहि आइतवारदेखि नेपालमा आएको फोरजी प्रविधिले गर्दा ग्राहकहरूले फोरजी फोन सेटहरूको बारेमा विशेष रुची र जानकारी लिएका थिए ।

महोत्सवमा नेपालका सबै मोबाइल ब्राण्डहरूको सहभागीता रहेकोमा जोप्पो र लिएगो मोबाइल ब्राण्डले आफ्नो बिक्री शुरु भएको घोषणा गरेका थिए । मोबाइल कम्पनीहरूले विभिन्न किसिमका गेमहरू खेलाउँदै ग्राहकहरूलाई लक्की ड्रमार्फत मोबाइल फोन प्रदान गरेका थिए भने विभिन्न मोडलहरूको खरिदमा छुटका साथै आवश्यक एसेसरिज उपहारमा दिए ।

महोत्सवका संयोजक पुरुषोत्तम बस्नेतले यस्तो किसिमको भव्य र ऐतिहासिक मोबाइल महोत्सव पहिलो पटक आयोजना गरिएको भन्दै आागामी दिनमा पनि ग्राहकहरूका लागि विभिन्न उपहार योजना ल्याउने बताए । ‘हामी यो मोबाइल महोत्सवबाट उत्साहित भएका छौँ,’ उनले भने, ‘आगामी दिनमा पनि विभिन्न किसिमका उपहार योजनाहरू ग्राहकहरूका लागि ल्याउने छौँ ।’


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट