एस्योरेन्स सम्झौता गरे सिद्धार्थ इन्स्योरेन्स र हिमालयन बैंकले

प्रकाशित मिति: २२ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स तथा हिमालयन बैंक बिच एस्योरेन्स सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ इन्स्योरेन्सका तर्फबाट का.मु. महाप्रबन्धक बीरेन्द्र वैदवार क्षेत्री तथा हिमालयन बैंकका तर्फबाट अशोक शमशेर जंगबहादुर राणाले हस्ताक्षर गरे ।

सम्झौतापत्रमा हस्ताक्षर गरेपछि इन्स्योरेन्स तथा बैंकका बिचको व्यवसायिक सम्बन्धलाई बलियो बनाउने र वीमितलाई सहजरूपमा वीमा सेवा प्रदान गर्न सकिने दुवै कम्पनीले विश्वास व्यक्त गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट