टिसिएल सामाग्री प्रदर्शनी

प्रकाशित मिति: २२ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं । अन्तर्राष्ट्रिय मान्यता प्राप्त विश्वकै ठूलोमध्येका एक टेलिभिजन ब्राण्ड टिसिएलका सामाग्रीहरू जमलस्थित विश्वज्योती मलमा प्रदर्शन गरिएको छ ।

उक्त प्रदर्शनमा ग्राहकले टिसिएलका सामाग्रीहरूको अवलोकन गर्ने मौका पाउनुका साथै सामाग्रीहरू खरीदगर्दा विशेष छुटको व्यवस्था पनि गरिएको छ । ग्राहकहरूलाई सामाग्रीबारे अझ बढी ज्ञान र जानकारी होस् भन्ने उद्देश्यल प्रर्दशनीको आयोजना गरिएको जनाइएको छ ।

एलइडी टिभीका लागि विश्वकै तेस्रो ब्रान्ड टिसिएलले नयाँ आयाम र उत्पादनहरूको डिजाइन थप्दै सधैँ अग्रसर रहने गरेको छ । टिसिएलले नेपालीबजारमा छोटो समयमा नै लोकप्रियता हासिल गरेको छ । नेपालका लागि चौधरी ग्रुपअन्तर्गत (इओएल प्रालि) टिसिएल ब्राण्डको आधिकारीक बिक्रेता रहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट