लोकमानको योग्यतासम्बन्धि मुद्दाका फैसला आजै

प्रकाशित मिति: २२ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, २२ पुस । सर्वोच्च अदालतमा चलि रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीको योग्यतासम्बन्धी मुद्दाको फैसला आजै आउन सक्ने सम्भावना देखिएको छ ।

आज पनि न्यायाधीशद्धय आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र ईश्वरप्रसाद खतिवडाको पूर्ण इजलासमा बहस हुँदैछ । कार्कीको मुद्दामा आजै बहस सकिएर आदेश आउन सक्ने नभए आदेश दिने समय तय हुने बताइएको छ ।

यसका लागि आधा घण्टा समय तोकिएको छ । यसपछि रिट निवेदनको तर्फबाट जवाफी बहस हुनेछ ।

विपक्षी दल एमाले सहित ९ दलका नेताहरुले संविधान संशोधनको विधेयकलाई लिएर संसद अवरुद्ध गर्दै आएका कारण महाअभियोग प्रक्रिया पछिल्लो दिनमा अघि बढ्न सकेको थिएन ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट