एमालेले आज शक्ति प्रदर्शन गर्दै

प्रकाशित मिति: २२ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, २२ पुस । संविधान संशोधन विधेयकको विरोधमा आज नेकपा एमालेसहित विपक्षी ९ दलले उपत्यकामा बृहत शक्ति प्रदर्शन गर्दैछन् ।

एमाले अध्यक्ष केपी ओलीसहित ९ दलका शीर्ष नेताहरुले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । डेढ लाख जनतालाई सडकमा उतार्ने दाबीसहित प्रदर्शनमार्गमा सडकमै मञ्च बनाएका छन् ।

सभा हुनुअघि उपत्यकाका विभिन्न ठाउँबाट जुलुस निस्कने र पद्मोदय मोडसम्म सहभागीलाई राखिने एमालेले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट