मुलुकलाई सुरक्षित रुपमा अवतरण गराऊ: कोइराला

प्रकाशित मिति: २१ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार

विराटनगर, २१ पुस । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले स्थानीय निकायको निर्वाचन भएपछि मुलुकले गति लिने विश्वास व्यक्त गरेका छन् ।

आज विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले अहिलेको अवस्थामा तह गत आधारमा निर्वाचन गराउँदा विवादको बीउ रोपिने सम्भावना देखिएकाले पुरानै संरचनाका आधारमा निर्वाचन गराउनु उपयुक्त हुने आफ्नो व्यक्तिगत सुझाव रहेको स्पष्ट पारे ।

एउटा निर्वाचन भएपछि मुलुकले गति लिने उल्लेख गर्दै उनले त्यसपछि सीमाङ्कनको विवादलाई समाधान गरी प्रदेश र संसदीय निर्वाचन गराउनुपर्ने विषयमा जोड दिए ।

मुलुक सङ्कटग्रस्त अवस्थामै रहेको चर्चा गर्दै उनले संविधानलाई कार्यान्वयनका लागि पहिले स्थानीय निकायको निर्वाचन र त्यसपछि मधेसी मोर्चासहित सवै दल एकजुट भएर सीमाङ्कनको समस्या समाधान गरी प्रदेशको निर्वाचन गराउनुपर्ने धारणा प्रकट गरे ।

उनले नेपाली काँग्रेस सबैभन्दा ठूलो पार्टी भएकाले मियो बनेर सवै दलहरुबीच समझदारी कायम गर्न अग्रसर हुनुपर्ने र मुलुकलाई सुरक्षित रुपमा अवतरण गराउनुपर्ने विषयमा जोड दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट