पूनर्निर्माणमा सामुदायिक संस्थाहरुको भूमिकाबारे गोष्ठी

प्रकाशित मिति: २१ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, २१ पुस । सरकारले पनि विकासको काम गर्दा सामुदायिक संस्थाको संलग्नमा पूनर्निर्माणलाई अघि बढाएमा छिटो विकास हुने सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघका अध्यक्ष नारायण ज्ञवालीले बताएका छन् ।

कुपण्डोलमा आयोजित कार्यशाला गोष्ठीमा बोल्दै ज्ञवालीले पूनर्निर्माण कार्य गर्दा सामूदायिक संस्थाहरुको सहकार्यमा गरे राज्यले भन्दा छिटो काम गर्न सकिने कुरामा जोड दिए । सामुदायिक विद्युत उपभोक्त राष्ट्रिय महासंघ नेपाल ग्रामीण क्षेत्रमा विद्युत वितरण गर्ने सहकारी संस्थाको छाता संस्था हो ।

यस संस्थाले ललितपुर काभ्रे, धादिङ र गोरखा जिल्लाका २६ वटा सामुदायिक संस्थाहरुमा विद्युतिय संरचनाको पूनर्निर्माणको काम गरेको छ । ५२ जिल्लामा २७८ सामुदायिक संस्थाहरु यसमा सहभागी छन् । यी मध्ये ४ जिल्लाका २६ संस्थाहरुमा विद्युतीय संरचना पूनर्निर्माणको काम गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट