देश बिथोल्नेका विरुद्ध भोलिको जनप्रदर्शन

प्रकाशित मिति: २१ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार

काठमाडौँ, २१ पुस । नेकपा (एमाले) उपाध्यक्ष वामदेव गौतमले देशलाई विखण्डन हुन र जातीय तथा साम्प्रदायिक सद्भाव बिथोल्नेलाई सफल हुन नदिन विपक्षी नौ दलले यही पुस २२ गते राजधानीमा जनप्रदर्शनको तयारी गरेको बताएका छन् ।

जनप्रदर्शनका लागि परिचालित स्वयमसेवकहरुलाई आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा उनले अनुशासित र चनाखो भएर काम गर्न जानकारी दिए । अभद्र तथा उच्छृङ्खल गतिविधिमाथि निगरानी गर्दै जनप्रदर्शनलाई भव्य र शानदार ढङ्गले सम्पन्न गर्न उनले आग्रह गरे ।

जनप्रदर्शन अपराह्न १ बजे रत्नपार्कबाट सुरु हुनेछ । एकीकृत जुलुस रत्नपार्कबाट पुरानो बसपार्क, भद्रकाली, सहिदगेट, न्युरोड गेट, भोटाहिटी, रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै प्रदर्शनीमार्गमा पुगेर सभामा परिणत हुनेछ । सभालाई नौ राजनीतिक दलका प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट