ट्याक्सीमा कम्प्युटराइज्ड बिलिङ मेसिन जोडिदै

प्रकाशित मिति: २१ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, २१ पुस । नापतौल तथा गुणस्तर विभागले साउनको पहिलो साताभित्र सबै ट्याक्सीमा कम्प्युटराइज्ड बिलिङ मेसिन जोड्ने भएको छ ।

विभागले बनाएको तालिका अनुसार प्रत्येक हप्ता ५ सय ट्याक्सीले मिटर जोड्ने छन् । तर, अहिले दैनिक सरदर २० देखि २५ वटा ट्याक्सीले मात्रै मेसिन जोडिने भएको छ । मिटरमा आधुनिक बिलिङ सिस्टम नजोडेसम्म ट्याक्सीको नवीकरण रोकिनेछ । अब ट्याक्सी नामसारी गर्दासकेत अनिवार्य प्रिन्टरजडित मिटर हुनै पर्ने ब्यवस्था गरिएको छ ।

अटेर गर्ने ट्याक्सीलाई अनुगमन गरी कारवाही गर्ने विभागले जनाएको छ । यो अवधिमा झण्डै साढे ९ हजार ट्याक्सीले बिलिङ मेसिन जडान गर्नुपर्नेछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट