मन्त्रीले स्वीकारे आफ्नो गल्ति

प्रकाशित मिति: १९ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, १९ पुस । शहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले आफ्नो गल्ति स्वीकारेका छन् ।

उनले सोमबार संसद बैठकमा अमर्यादित रुपमा हातमा सुर्ती थुकेर संसदभित्र नै फालेका थिए । उक्त भिडियो सार्वजनिक भएपछि उनको चर्को आलोचना भएको थियो ।

मंगलबार एक कार्याक्रममा बोल्दै उनले भने -संसदमा देखिएको दृश्य स्वभाविक भएको र आफु अस्वस्थ रहेको भन्दै उनले भने ‘एक्कासी घाँटी सर्क्यौ मैले गल्ति गरेकै हो।’

उनले भने ‘संसदीय मान्यता मलाई पनि थाहा छ पालक पनि मै हुँ तर हिजो यस्तो भयो’ आफ्नो बाध्यता व्यक्त गर्दै उनले भनेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट