दुधसँग भुलेर पनि नखानुस यी कुरा

प्रकाशित मिति: १९ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, १९ पुस । दुध हामी सबैको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ तर यसको साथ केहि चिजहरु खायो भने हानीकारक पनि हुन सक्छ । केहि यस्ता चिजहरु छन् जुन दुधसँग मिसाएर खाँदा पाचन प्रणलीमा समस्या आउनुका साथै मोटोपन बढाउने सम्म हुन सक्छ । रहरको दाल र दुध दुबै सँगै एक साथ खाँदा ग्यास्टिक समस्या हुन सक्छ । यो बाहेक अन्य धेरै प्रकारका खानेकुराहर पनि छ जसलाई दुधसँग खाँदा स्वास्थ्यमा समस्या आउन सक्छ ।

नुनीलो खानेकुरा जस्तै चिप्स: दुधसँग कैले पनि चिप्स जस्ता नुनीला खानेकुरा खानु हुन्न । नुनका कारण दुधमा भएको प्रोटीनको पुरा फाइदा मिल्दैन र यो सँगै स्किन सम्बन्धी पनि धेरै समस्या आउन सक्छन् ।

प्याज: खानामा प्याज हालेर खादै हुनुहुन्छ भने त्यसको साथमा कहिले पनि दुध खानु हुन्न । प्याज हालेको खाना खाएपछि पनि दुध खानु हुन्न । खाएमा यसले दाद आउने, चिलाउने र एग्जिमा जस्ता स्किन सम्बन्धी समस्या आउन सक्छन् ।

मसला युक्त खानेकुरा: मसला युक्त खाने कुरा खादै हुनुहुन्छ भने त्यसको साथमा दुध या दुधले बनेका परिकारहरु खानु हुन्न । यदि यस्ता खाने कुरा सँगै खाइयो भने यसले एसिडिटी, ग्यास्टीक, उल्टी आउने जस्ता समस्याहरु उत्पन्न हुन सक्छ ।

माछा: साथमा माछा र दुध कहिले पनि सँगै खानु हुन्न यी चिजलाई एक साथ खादा ग्यास्टिक,एलर्जी जस्ता समस्याहरु उत्पन्न हुन सक्छन् ।

दही : दुध र दही एक साथ सँगै खानु हुदैन । यसलाई एक साथ खादा ग्यास्टिक, एसिडिटी र उल्टी जस्ता समस्याहरु हुनसक्छन् ।

कागती : कागती या कुनै पनि अमिलो प्रकारका खाने चिजहरु सँगै खानु हुन्न । यसलाई एक साथ खाँदा एसिडिटी र ग्यास्टीक जस्ता समस्या हुन सक्छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट