संक्रान्ति बजारका पीडितलाई १ करोड दिने

प्रकाशित मिति: १९ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, १९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले तेह्रथुमस्थित आठराई क्षेत्रमा पर्ने संक्रान्ति बजारका आगलागी पीडितहरुलाई पूणरबासका लागि एक करोड रुपैया दिने घोषण गरेका छन् ।

प्रधानमन्त्री दाहाल देशका विभिन्न भागमा विकास आयोजना लगायतका स्थलहरु अवलोकन गर्ने क्रममा संक्रान्ति बजार पुगेर आगलागी पीडितहरु रहेको स्थानको निरीक्षणपछि एक करोड रुपैया उपलब्द गराउने घोषणा गरेको हो ।

प्रधानमन्त्री दाहालले संक्रान्ति बजारमा दमकल, कृषि विकास बैंक शाखा र एम्बुलेन्सको व्यवस्ता समेत गराउने आसवासन दिएका थिए ।

आगजनीबाट १४ करोड ८ लाख क्षति भएको क्षति मूल्याङकन गरिएको प्रमूख जिल्ला अधिकारी मेनुका न्यौपानेले बताइन ।

पीडितहरुलाई सरकारले प्रतिघर १० हजार राहत र अस्थायी टहहरा बनाएको छ । विभिन्न संघ संस्थाले खाद्यान्न लगायतका राहत सामग्री उपलब्ध गराएका छन् ।

गत पुस १ गते संक्रान्तिकै दिन संक्रान्ति बजारमा आगलागी हुदा ३२ घर जलेर नष्ट भएका थिए भने ३२ घरपरिवारसंगै २७ परिवार डेरावालहरु प्रभावित भएका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट