एक महिनाका लागि विद्यालय बन्द

प्रकाशित मिति: १९ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार

डडेल्धुरा, १९ पुस । चिसो बढेसँगै डडेल्धुराका सरकारी विद्यालय एक महिनाका लागि बन्द भएको छ । पुस १५ देखि एकाएक चिसोका कारण शीतलहर बढेपछि विद्यालयमा हिउँदे बिदा गरिएको हो ।

विद्यार्थीहरु लामो दूरी हिँडेर आउनुपर्ने र न्यानो कपडासमेत लगाउन नसक्ने हुँदा पहाडी भेगका सम्पूण सरकारी विद्यालय माघ १५ सम्मका लागि बनद गरिएको हो ।

अत्यधिक जाडोले गर्दा पढ्ने-पढाउने वातवरण समेत नभएको बाल कल्याणमावि पुइलेका प्रधानअध्यापक चन्द्रराज जोशीले बताए ।

विद्यालयमा चिसोका कारण पढ्न समस्या भएको हो । चिसोमा पढाइसमेत प्रभावकारी नहुने भएकाले एक महिना जति विद्यालय बन्द गर्नु पर्ने बाध्यता भएको सहश्रलिङ मावि चमडाका प्रधानअध्यापक पदमबहादुर एरले बताए ।

अहिले डडेल्धुरास्थित पहाडी भेगका प्राथमिक, निमावि र माध्यमिक विद्यालयमा हिउँदे बिदा दिइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट